झापा । झापा मेचीनगर १० को निन्दा पुलमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो ४ः५५ बजे निन्दा पुलस्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धुलावारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नं. डब्ल्यू बी ७४ वाइ ७७८२ भएको स्कुटरलाई चेकजाँच गर्ने क्रममा स्कुटर चालक मेचीनगर ६ बस्ने ३२ वर्षीय निशान अधिकारी र सोही स्कुटीको पछाडि सवार भारत दार्जिलिङ थाना सिलिगडी बस्ने २७ वर्षीया हेनअरा खातुन पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन १०९५- चक्की, पीभोन स्पाइस प्लस २०८ क्याप्सुल र मोवाईल २ थान पनि फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।