झापा । काठमाडौँ बुढानिलकण्ठ २ बस्ने ३९ वर्षीय मोहनबहादुर पाइजा मगर ब्राउन सुगरसहित झापामा पक्राउ परेका छन् ।
हिजो बिहान १०ः१५ बजे मेचीनगर ६ स्थित लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मगरलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।