ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ५ मा बुधबार राति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्य चौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्रकला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ ।