बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र विराटपोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
विराटपोखरी नजिकै रहेको सुकुम्बासी बस्तीमा मावल आएकी रिना राजवंशीकी ३ वर्षीया छोरी आश्मा राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा ती बालिका पोखरीमा पुगेकी थिइन् । खोजी गर्दै जाँदा पोखरीमा बालिका तैरिरहेको आमाले देखेपछि उपचारका लागि बिएण्डसी हस्पिटल लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।