ताप्लेजुङ । पाथीभरा दर्शनका लागि दाङबाट आएका एक भक्तालुजनको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेका छन् ।
उनको बिहीबार निधन भएको हो । मृतकको परिवारका अनुसार माथिल्लो फेदीमा पुगेपछि घिमिरेलाई अस्वस्थ्य महसुस भएको थियो । अस्वस्थ्य महसुस भएर बेहोस भएका घिमिरेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो ।