झापा । झापा र मोरङबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर र मोरङ सुन्दरहरैचा नगरपालिकाका युवा छन् । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ८ का २१ वर्षीय पवन बासफोर, २४ वर्षीय आशिष राजवंशी र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ वर्षीय दिपक चौधरी रहेका छन् ।
बिहीबार बेलुका ४ बजे प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजवंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १० एमएमको सिरिन्ज १ थानसहित घरैबाट पक्राउ गरिएको हो ।
यस्तै, सोही दिन बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैयाबाट लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल, फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।