विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १५ र तेह्रथुमको लालीगुँरास नगरपालिका २ स्थितबाट प्रतिवन्धित लागुऔषधसहित २ जना पक्राउ परेका छन । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
आइतबार बेलुका ६ बजे बिराटनगर १५ मा लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी ६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
यसैगरी सोमबार बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिँडिरहेका स्थानीय २४ वर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।
प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।