अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि तीनदिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । नागरिकतासम्बन्धि ऐन, भूमि प्रशासन सम्बन्धि ऐन, योजना तर्जुमा तथा स्थानीय सरकार सञ्चालन सम्वन्धि ऐनमा भएकाबारे जनप्रतिनिधिलाई तालिम दिन सुरु गरिएको हो ।
जेठ १८ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको नगरपालिकाले जनाएको छ । एक कार्यक्रमबीच तालिमको उद्घाटन नगर प्रमुख बलदेव सिंह गोम्देनले गरेका हुन् ।
तालिममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत मोहनलाल पनेरूले सहजीकरण गरेका छन् । तीन दिनसम्म चल्ने तालिममा उपप्रमुख खड्गमाया पराजुलीसहित ११ वटाका वडाध्यक्ष तथा बोर्ड सदस्यहरुको सहभागिता रहेको छ ।