दमक । करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो ।
छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।