इलाम । इलामको देउमाई नगरपालिका ३ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा देउमाई नगरपालिका ७ का २० वर्षीय शम्भु लिम्वू र माई नगरपालिका ८ का १८ वर्षीय सुमन लिम्बू रहेका छन् । नेपालटार–मंगलबारेस्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षकसहितको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

 

उनीहरु सवार प्रदेश १-०३-००१ प १६५५ र को. १३ प २१६६ नम्वरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

 

प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय मंगलबारेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।