पाँचथर । फाल्गुनन्द गाँउपालिका ७ मा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । सोमबार घर नजिकैको रहेको उताने भिरमा घाँस काटनेक्रममा ५५ वर्षकी टिका शेर्माको लडेर ज्यान गएको हो ।
भिरबाट लडेकी शेर्माको मृत शरिर पोस्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए।
घटनाका् खबर पाउनसाथ प्रहरी चौकी आङसराङको टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया जिल्ला प्रहरी कार्यालय पाँचथरले सुरु गरेको उनले बताएका छन् ।