बिर्तामोड । झापाको अर्जुनधारामा मृत भेटिएका पुरुषको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई समातेको हो । उनीहरुलाई केहीवेरमा प्रहरीले सार्वजनिक गर्दैछ । मृत अवस्थामा भेटिएका व्यक्ति भारतीय नागरिक नागरिक भएको पाइएको छ ।

 

गत असार १२ गते आइतबार साँझ अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको थियो ।

 

स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।घटनापछि अनुसन्धानका क्रममा तीन जना पक्राउ परेको प्रहरीले जनाएको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न व्यक्तिहरु सार्वजनिक गर्दैछ ।