बिर्तामोड । झापाको कनकाई नगरपालिका ३ बाट हिजो मंगलबार अपरान्हदेखि एकजना बालक वेपत्ता भएका छन् । स्थानीय दीपक राईका छोरा १२ वर्षीय सियोन राई हराइरहेका हुन् । उनी घर वरिपरि साइकल चलाउने भन्दै हिँडेका थिए ।
स्थानीय कनकाई माविमा पढ्दै आएका सियोन बेलुकादेखि हराइरहेको र कसैको सम्पर्कमा नआएको आमा सञ्जु राईले बताइन् ।
काठमाडौँमा हुर्केका उनी दशैँयता सुरुङ्गामा बस्न थालेका हुन् । उनी सधैँ घर वरिपरि साइकल चलाउँथे ।