सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ सिसौलीबाट प्रहरीले ठूलो परिमाणको अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

 

आज बिहान ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालोबीच टापुमा लुकाईछिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो ।

 

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसारपसारमा सम्लग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।