ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडकमुनी खसेको ढुंगाले लागेर एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदल हिँडिरहेका सिदिङवा गाउँपालिका ३ भञ्याङका २२ वर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आइतबार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुंगा, माटोलाई सडकभन्दा तल फाल्ने क्रममा सोही फालेको ढुंगाले लागेर कडरियाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।