झापा । झापाको कमल गाउँपालिका वडा नं ६ गुवाबारीस्थित भित्री सडकखण्डमा सिटी रिक्सासंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका ७ दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह २४२३ नंम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नंम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कमल ६ का २४ वर्षीय रोशन कोइरालाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर घाइते भई बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु सोही मोटरसाइकल पछाडि सवार कमल ४ बस्ने १९ वर्षीय रेवत सुवेदीको न्युरो अस्पताल बिराटनगर, कमल ७ बस्ने २१ वर्षीय भविन मगरको बिएण्डसी अस्पताल र सिटि रिक्सामा सवार कमल ५ बस्ने ६५ वर्षीया सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन र सिटी रिक्सा चालक कमल ६ बस्ने ५२ वर्षीय दिलमान माझी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । साथै, उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।