दमक । झापा र सुनसरीमा भएको सवारी छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना पुरूष रहेका छन् ।
झापाको कमल गाउँपालिका १ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिएर दुर्घटना हुँदा घाईते भएकी पैदल यात्री स्थानीय ७० वर्षीया मनमाया बाँँस्कोटाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । त्यसैगरी, सुनसरीको रामधुनी नगरपालिका ७ स्थित सडक खण्डमा प्रदेश १-०२-०४७ प ७९४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा घाइते भएका मोटरसाईकल चालक इटहरी उपमहानगरपालिका १६ का १८ वर्षीय कृष्ण चौधरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।