झापा । झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चर्चाबारीबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागुऔषध १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

पक्राउ परेका श्रेष्ठको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।