झापा । झापाको गैँडे सामुदायिक वनबाट तस्करी हुँदै गरेको ४० क्युफिट सखुवा काठसहित मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज सोमबार बिहान ५ः५० बजे शिवसताक्षी १० स्थित गैँडे सामुदायिक वनमा काठ तस्करी हुँदै गरेको सूचना अनुसार अस्थायी प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनको कर्मचारीको संयुक्त टोलीले उक्त परिमाणको सखुवाको काठ बरामद गरेको हो ।
टोलीले वन क्षेत्रबाट मे १ च ११६४ नम्बरको मारुती भेनमा सखुवा जातको ४० क्युफिट काठ लोड गरी लाँदै गर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कन्काई ४ मा टोली पुग्दा तस्कर भागेकाले गाडी र काठ दुवैलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि गैँडे सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।