झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृतक साइकलयात्रीको पहिचान नखुलेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बुधबार अपराह्न साढे ५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ स्थित गीता पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ क २१२ नम्बर टिपरले साइकलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको र टिपरसहित चालक मकवानपुर चुरेमाई नगरपालिका ५ बस्ने ३१ वर्षीय सुजन वाइवालाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।