बिर्तामोड । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । गएको साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका ६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दुर्घटना भएको थियो । दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार कार्की घाइते भएका थिए ।
सो दुर्घटनामा स्कुटी चालक झापा ६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए ।
एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड १० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।