झापा । प्रहरीले नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार छलि लाँदै गरेको सुपारी फेरि बरामद गरेको छ । बिहीबार दिउँसो ४ः१० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडा छेउबाट बरामद गरेको हो ।
नेपालबाट भारततर्फ अवैधरुपमा भन्सार छलि लाँदै गरेको ९० हजार मूल्य बराबरको अन्दाजी १५० केजी सुपारी जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेको हो ।
ती सुपारी आवश्यक कार्वाहीको लागि मेची भन्सार भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।
यसअघि सोमबार बिहानको राति साडे ३ बजेतिर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित दुर्गा मन्दिर नजिकबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको ८७ हजार ५ सय मूल्यबराबरको सुपारी बरामद गरेको थियो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो साढे ११ बजे मेचीनगर ६ नम्बर वडास्थित जेसिका ठ्याकबाट भारततर्फ अवैधरुपमा लाँदै गरेको अवस्थामा ९६ हजार मूल्यबराबरको सुपारी बरामद गरेको प्रहरीले जनाएको थियो ।