बिर्तामोड । झापाको मेचीनगरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्राफिक पोष्ट छेउमा दुर्घटना भएको हो ।
पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लाँदै गरेको बागमती प्रहरीका अनुसार प्र.०३–००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय चेतनाथ फुयाललाई ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगी उपचार भइरहेकोमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसका चालक गौरीगञ्ज ४ बस्ने २४ वर्षीय प्रकाश कार्की इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।