झापा । झापामा प्रहरीले चोरी निकासी गर्दै गरेको अवस्थामा काठसहित तीन वटा मोटरसाइलक नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा काठ राखेर तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन ।
आइतबार राति दमक प्रहरीले ११ बजे दमक ३ बेलडागीस्थित प्र १-०१-०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकलमा सिसौं जातको ३ थान गोलिया बरामद गरेको थियो । अन्दाजी २६.०३ क्युफिट लोड गरी लैजादै गर्दा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भेटेको हो ।
प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्नहरु मोटरसाइकल र गोलिया छोडेर भागेको झापा प्रहरीको भनाई छ । उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि आज इलाका वन कार्यालय बेलडाँगी दमकमा बुझाईएको प्रहरीले जनाएकाे छ ।
यस्तै, बरामद मोटरसाइकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान शुरु गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् ।