झापा । झापामा कर्तब्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय दिप्सन लावती रहेका छन् ।

 

उनलाई झापा जिल्ला अदालतको मिति २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालतबाट मिति २०६५ वैशाख १७ गते जन्मकैद हुने गरी फैसला भएको थियो । सो फैसला उपरसमेत पुनरावेदन परी सर्बोच्च अदालतबाट मिति २०६५ फागुन २३ गते पुनरावेदन अदालतबाट भएको फैसला सदर भइ जन्मकैद ठहर भएको थियो ।

 

कर्तब्य ज्यान मुद्धामा फरार रहेका लावतीलाई प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

 

अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।