मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विराटनगरस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी घर भएकी राईलाई निमोनियाले च्यापेपछि मुख्यमन्त्री राईले उपचारका लागि विराटनगर ल्याएका थिए । राईका तीन छोरा र दुई छोरी छन् ।