बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ का १९ वर्षीय कालु दासलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
प्रतिबन्धित ब्राउनसुगर बरामद भएसगैं दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।