झापा । डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगुका कारण ४१ जनाको ज्यान गएको छ ।

 

डेंगुका संक्रमितको संख्या भने ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

सात प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ। ३१ हजार १ सय ३ जना डेंगु संक्रमित भएका छन्। सबैभन्दा बढी डेंगु संक्रमित काठमाडौँ उपत्यकामा छन्।