दमक । सिटी सफारी दुर्घटनामा परी दमक ५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे आफ्नै सिटी सफारीको दुर्घटनामा परेर खड्काको मृत्यु भएको हो ।

 

मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर चालक खड्का शिवसताक्षी १ स्थित धरमपुरका कुशल लिम्बूको घरमा पुगेका थिए । सामान झार्ने क्रममा अचानक सिटी सफारी गुडेर सिटी चालक खड्कालाई किचेको थियो ।

 

सिटीले किचेर बेहोस भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।