झापा । अभिभावकविहीन बनेका इलाम दानाबारीका दिदीभाइलाई गायिका मेलिना राईले आर्थिक आर्थिक सहयोग गरेकी छन् । आर्थिक अभावका कारण पढाई छाडेर ज्याला मजदुरी गरिरहेका दिदीभाइलाई गायिका राईले सहयोग गरेकी हुन् ।

 

इलामको दानाबारीस्थित एक परिवारका दिदी र भाइहरुलाई बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाकलगायत टिममार्फत नगद ५० हजार रूपैयाँ सहयोग गरेकी हुन् । अध्यक्ष फियाककाे टिमले अन्य सहयाेगीसहितकाे ८२ हजार ५ सय हस्तान्तरण गरिन् ।

 

‘हेर्ने कथा’ कार्यक्रमबाट दानाबारीकी अनिसा लिम्बू र उनका भाइहरुको बारेमा थाहा पाएकी गायिका राईलगायत, सामाजिक अभियन्ताहरू पदम फियाक (बाटोघरे)ले १२ हजार ५ सय रूपैयाँ, दमक स्थायी ठेगाना भइ हङकङ्मा बस्ने भबिन लिम्बूले १५ हजार रूपैयाँ र अस्मिन फियाकले ५ हजार रूपैयाँ सहयोग गरेका छन् ।

 

सानै उमेरमा बुबा गुमाएको र आमाले पनि छाडेर गएपछि ३ जना भाइहरुसहित अभिभावकीय जिम्मेवारी संहाल्दै आएकी लिम्बूले आफ्नो पढाई छाडेर ज्याला मजदुरी गर्दै परिवार चलाउंदै आएकी छिन् ।

 

 

उनीहरूको दैनिकी र अवस्थाका बारेमा मिडियामा आएपछि विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गरेको उनले बताइन् । लिम्बू भन्छिन्, ‘मैले सहयोगको अपेक्षा गरेकै थिइनँ तर हाम्रो बारे थाहा पाएर, हाम्रो कथाले छोएर धेरैजना आइरहनुभएको छ । सबैलाई धन्यबाद दिन चाहन्छु ।’