झापा । झापाको मेचीनर नगरपालिका १३ स्थित चारआलीमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

 

मंलबार अपराह्न ४ बजे प्रदेश १-०१-००१ ख ३८४८ नम्बरको ट्रकले पैदलयात्री ७० वर्षीय जगतमान साँवालाई ठक्कर दिंदा घाइते भएका साँवाको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

 

दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्रकुमार अधिकारीलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।