फिदिम । आरुबोटे हत्याकाण्ड हुनुअघि हिलिहाङमा भएको पाशविक हत्याका दोषी अझै पक्राउ पर्न सकेको छैन ।

बैशाख ३० गते हिलिहाङ गाँउपालिका ४ पञ्चमीमा घाँटी रेटेर १५ वर्षीया बालिकाको हत्या भएको थियो । हत्या गरिएकी १५ वर्षीय शीतल योङहाङ हत्याका मुख्य योजनाकार पदम तामाङ अझै पक्राउ गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको बाह्र दिन बितिसक्दा पनि मुख्य योजनाकार पक्राउ गर्न प्रहरी असफल रहेको हो । सोमबार आरुबोटेमा नौ जनाको हत्या भए पछि शितल हत्या काण्ड सेलाउदै गएको छ ।

हत्यामा संलग्न भनिएका भगिरथ बाँस्तोला पक्राउ परे पनि मुख्य योजनाकार पक्राउ नपर्दा छिमेकी र आफन्तसँगै गाँउलेमा त्रास कायम रहेको स्थानियहरु बताउँदै आएका छन् । मुख्य योजनाकारलाइ छिटो पक्राउ गर भन्दै बिद्यार्थिहरुले केहि दिन अगाडी ¥यारी समेत निकालेका थिए ।

प्रेमी भनिएका तामाले हत्या गर्नुअघि जबरजस्ती बलत्कार गर्न खोजेका थिए । बलत्कार गर्न असफल भएपछि साथीको सहयोगमा घाँटी रेटेर हत्या गरेका थिए ।