दमक । झापामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका ८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

 

बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी १० निवासी ५८ वर्षीय शुक्रबहादुर तामाङलाई कुनै चोटपटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

 

यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका ५ निवासी ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।