फाइल तस्वीर

बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको ज्यान गएको छ । दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो ।

 

अपराह्न निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि अरु दुई जनाले भागेर ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ । भुजेल आफ्ना साथीहरुसहित घाँस दाउरा गर्न उक्त जंगलमा पुगेका थिए ।