मोरङ । मोरङको रंगेली नगरपालिका १ बवियाबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० केजी) गाँजा फेला पारेको हो ।

 

उक्त घटनामा घरधनी ४० वर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभूमि गाउँपालिका २ का २९ वर्षीय बेचन भन्ने हस्त राईसहित प्रदेश नम्बर १-०२-०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।