झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

मृतक लिम्बू केराबारी गाउँपालिका ८ निवासी प्रेम लिम्बूकाे छाेरा भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बुद्धशान्ति ३ स्थित झिलमिले पुल नजिकै मङ्गलबार दिउँसो करिब १ः३० बजे प्र १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर र को २० प ३२७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

 

दुर्घटना परी मोटरसाइकल चालक लिम्बू र सोही मोटरसाइकल पछाडि सवार बेलबारी नगरपालिका ४ निवासी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए । श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । माेटरसाइकल चालक लिम्बूकाे करिब दिउँसाे २ बजे मृत्यु भएकाे बताइएकाे छ ।

 

घाइतेमध्ये लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हाे । यता प्रहरीले दुवै सवारीसाधनसहित ट्याक्टर चालक इलाम जिल्ला रोङ गाउँपालिका ४ निवासी ३३ वर्षीय डिल्लीबहादुर लेप्चालाई नियन्त्रणमा लिएको छ ।