झापा । झापामा आगोले जलेर एक बृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान १०ः३० बजे कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित कुटी बस्ने ७० वर्षीया हेमप्रभा माझीको जलेर मृत्यु भएको हो ।

 

घर बाहिर पराल बाली आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भागमा जलेर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा दिउँसो १ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।