विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित हुलास चोकबाट प्रतिबन्धित लागुऔषधसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिमकी युवती रहेकी छन् ।
शुक्रबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी फिदिम नगरपालिका ४ पाँचथरकी २० वर्षीया एन्जिला सुजीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रतिबन्धित औषधि लुपिजेसिक ३ एम्पुल, डाइजोपाम ३ एम्पुल, फेनारागन ३ एम्पुल, एभिल ३ एम्पुल, नाइट्राभेट ३० चक्की, सुई ३ थान र स्पास्मो प्रोक्सिवन २ चक्की बरामद गरेको थियो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।