झापा । झापाको भद्रपुर विमानस्थलमा ब्राउन सुगरसहित एकजना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय युकेन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
हिजो (बिहीबार )साँझ ६ः५५ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौं जान लागेका लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर ६ घर भइ हाल काठमाण्डौं महानगरपालिका वडा नम्बर ५ बसपार्कस्थित मिलन टोलमा डेरा गरी बस्ने २४ वर्षीय गुरुङ ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ट्राउजरको ईजार रहने प्वालभित्र लुकाइराखेको अवस्थामा १२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।