झापा । झापामा लागूऔषधसहित दिनहुँ पक्राउ पर्ने क्रममा बुधबार दमकबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर २ स्थित नयाँ आम्दा खरखरेमा प्र. १–०२–०४८प ६६५७, ज १२ प ५५५७ नम्बरको मोटरसाइकलहरु र को २८ प ३१४६ नम्बरको स्कुटी रोकिराखेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार दमक नगरपालिका वडा नम्बर ८ शान्ति टोल बस्ने ३७ वर्षीय तेजकुमार खवास, वडा नं २ बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीय विजजय धिमाललाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १९ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

 

मोबाइल ४ थान, नगद ९७ हजार ६००, मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिई उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।