झापा । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई गौरीगञ्जमा पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार गौरीगञ्ज गाँउपालिका वडा नम्बर ३ मा गौरादह ८ बस्ने अन्दाजी २४ वर्षीय बबि राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा २ प्याकेट करिब ७०० मिलिग्राम गाँजा फेला परेको थियो ।

 

सोधपुछ गर्दा गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय सन्जिब रौनियारसंग खरिद गरि ल्याएको भनी खुलाएकोले उक्त स्थानमा प्रहरी टोली खटि घरमा खानतलासी गर्दा अन्दाजी १ केजी ९२० ग्राम थप गाँजा फेला परेको थियो ।

 

ती सामान र उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।