झापा । प्रहरीले अर्जुनधारा र मेचीनगरका दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना युवती रहेकी छन् ।

 

हिजो साढे ६ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी मेचीनगर ६ गैरीगाउँकी २० वर्षीया सन्ध्या दर्जीलाई पक्राउ गरेको हो । निजलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ३ ग्राम फेला परेको ब्राउनसुगर बरामद गरेको हो ।

 

यसैगरी, हिजै ६ः४५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बुट्टाबारीका सागर गिरी ब्राउन सुगरसहित पक्राउ परे ।

 

३६ वर्षीय उनलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ७०० मिलिग्राम फेला परेको थियो । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।