झापा । झापाको बिर्तामोड बसपार्कबाट तीन जनालाई प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कबाट शनिबार साँझ ७ः२५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले बसपार्कस्थित पशुपतिनगर होटल एण्ड लजमा डेरा गरी बस्ने शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का अन्दाजी २१ वर्षीय प्रेमसागर सावा, मेचीनगर १२ का अन्दाजी २० वर्षीय मनिष बराल र मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ की अन्दाजी १९ वर्षीय तिलु राईलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।