झापा । झापामा बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ३७ वर्षीय मोहन शम्शेर योङहाङ र २७ वर्षीया पुजन सेलिङ अधिकारी रहेका छन् ।

 

झापा जिल्ला अदालतको २०७९ असार २० गतेको फैसला अनुसार बहुविवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार जरिवाना तोकिएको थियो । त्यस्तै पुजनलाई १३ महिना कैद र १५ हजार जरिवाना तोकिएको थियो । फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो ।

 

मंगलबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले दुवैलाई कैद भुक्तानको लागि झापा जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।