झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् । झापा प्रहरीका अनुसार भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका उनीहरु मेची पुलबाट पक्राउ परेका हुन् ।
बिहीबार बिहान १०ः३० बजेतिर ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय अजय मेचे र सोही ठाउँ बस्ने २८ वर्षीय श्यामबहादुर दर्जी पक्राउ परेका हुन् ।
मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा मेचेको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।