झापा । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एक जना झापा सुरुङ्गाका युवा छन् ।

 

दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा झापा सुरुङ्गा ४ का ४३ वर्षीय कुमार पुरी र काठमाडौं गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाई रहेका छन् ।

 

आइतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका प्युठान नगरपालिका ८ का योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

 

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार विपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो ।