दमक । अवैधरुपमा लाँदै गरेको सखुवाको चिरान काठसहित एउटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

शनिबार दिउँसो २ बजेको समयमा कमल गाउँपालिका ६ दहिचोकस्थित भित्री सडकखण्डमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको सादा पोशाकको टोलीले रोकिराखेको को. १ त ७९६८ नम्बरको ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गरेको थियो ।

 

चेकजाँच गर्दा उक्त ट्रयाक्टरमा सखुवा जातको ५४.३२ क्युफिट अवैध काठ फेला परेको थियो । काठको मूल्य २ लाख ७० हजार, ट्रयाक्टरको मूल्य ८ लाख गरी जम्मा १० लाख ७० हजारबराबरको सामान डिभिजन वन कार्यालय भद्रपुरलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।