झापा । झापामा बैङ्किङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक पाठामारी गाविस ४, हाल कचनकवल गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय धर्मनारायण गणेश रहेका छन् ।

 

उच्च अदालत पाटनको मिति २०७८ फागुन ९ गतेको फैसलाअनुसार बैङ्किङ कसुर मुद्धामा गणेशलाई ३ दिन कैद, ७ लाख ५२ हजार जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रुपैयाँ जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।

 

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले गणेशलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।