केराबारी । गाई काटेको आरोपमा मोरङको केराबारीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना महिलासहित चार जना रहेका छन् ।

 

मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका ३ की ३७ वर्षीया पवित्रा तामाङ, ५० वर्षीया नीरमाया तामाङ, केराबारी ७ का २३ वर्षीय सन्तोष लिम्बू र २२ वर्षीया मञ्जु लिम्बूलाई पक्राउ गरिएको छ । केराबारी ३ साइ डाँडामा गाई काटेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ४ जनालाई बिहीबार राति ८ बजेतिर पक्राउ गरिएको हो । पक्राउ परेकाको घरबाट गाईको मासु, टाउको र खुट्टा बरामद भएको दाहालले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिएका छन् ।