झापा । ताप्लेजुङमा आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका ६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दुर्घटनामा परी बालकका ठूलोबुबा सवारी चालक कृष्णमान गुरुङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।